२०८३ साउन २१ गते बिहीबार

जबर्जस्ती करणी गरेको अभियोगमा पर्वतको मोदीबाट युवक पक्राउ

जबर्जस्ती करणी गरेको अभियोगमा पर्वतको मोदीबाट युवक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २ गते शुक्रबार ०३:५२

पर्वत। जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको मोदी गाउँपालिका वडा नं -८ चित्रे बस्ने २१ वर्षीय जितेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार युवतीको घरमा कोही...

पर्वत। जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्लाको मोदी गाउँपालिका वडा नं -८ चित्रे बस्ने २१ वर्षीय जितेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार युवतीको घरमा कोही नभएको मौका पारी जबर्जस्ती करणी गरेको भन्ने सूचना पश्चात देउपुर चौकीबाट खटिएको प्रहरीको टोलीले नेपालीलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

प्रकाशित मिति २०७८ पुस २ गते शुक्रबार ०३:५२
हजुरको प्रतिक्रिया