२०८३ साउन २१ गते बिहीबार

मदिरा व्यवसायी समिति कास्कीको रक्तदान, ५० युनिट रगत संकलन

मदिरा व्यवसायी समिति कास्कीको रक्तदान, ५० युनिट रगत संकलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर २१ गते शनिबार ०८:१०

भण्डारीले रगतको मागलाई पुरा गर्न रेडक्रसले मात्र एक्लै केही गर्न नसक्ने बताउदैँ सामाजिक संघसंस्थाले महत्वपूर्ण योगदान गर्दै आाएको बताईन् ।

पोखरा ।

मदिरा व्यवसायी समिति कास्कीले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

समितिको सचिवालय पोेखरा–८ सिमलचौरमा आज आयोजित सो कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा समितिमा आवद्व व्यवसायी, सुभचिन्तक, नियममित रक्तदाताले रक्तदान गरेको समितिका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक सुदर्शन श्रेष्ठले जानकारी दिए । नेपाल रेडक्रस सोसाईटी कास्कीका अध्यक्ष उर्मिला खड्का भण्डारीले मदिरा व्यवसायी समिति कास्कीका अध्यक्ष कृष्ण रानाभाटलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गरेकी थिईन् ।

भण्डारीले रगतको मागलाई पुरा गर्न रेडक्रसले मात्र एक्लै केही गर्न नसक्ने बताउदैँ सामाजिक संघसंस्थाले महत्वपूर्ण योगदान गर्दै आाएको बताईन् ।

कार्यक्रममा मदिरा व्यवसायी समिति कास्कीका अध्यक्ष रानाभाटले सामाजिक सेवामा समिति निरन्तर सक्रिय रहँदै आाएको बताए । सामाजिक उत्तरदायित्व अन्तरगत हरेक वर्ष जस्तै रक्तदान कार्यक्रमको आयोजना गरिएको उनको भनाई थियो ।

मदिरा व्यवसायी महासंघकासल्लाहकार एवं मदिरा व्यवसायी समिति कास्कीका पूर्वअध्यक्ष÷ सल्लाहकार तारानाथ ढुंगानाले व्यवसायसँगै सामाजिक कार्यमा समेत समितिले महत्वपूर्ण कार्य गर्दै आएको स्मरण गरे ।

प्रकाशित मिति २०८२ मंसिर २१ गते शनिबार ०८:१०

हजुरको प्रतिक्रिया