२०८३ साउन २१ गते बिहीबार

अष्ट्रेलियाली बालबालिकाको बाल्यकाल सुनिश्चित गर्न सामाजिक सञ्जाल प्रतिवन्धः प्रधानमन्त्री

अष्ट्रेलियाली बालबालिकाको बाल्यकाल सुनिश्चित गर्न सामाजिक सञ्जाल प्रतिवन्धः प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर २५ गते बुधबार ०१:००

अहिलेसम्म १० सामाजिक सञ्जाल प्लेटफर्महरूलाई प्रतिवन्ध लागू गर्न निर्देशन दिइएको छ । फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स, युट्युब, किक र रेडिट प्रतिवन्ध गर्न निर्देशन दिइएको हो ।

एनेन्सी\सिन्ह्वा ।

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा गरिएको प्रतिबन्ध आजदेखि लागू भएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजकाअनुसार १६ वर्ष मुनिका बालबालिकाका लागि अष्ट्रेलियाको विश्वकै पहिलो सामाजिक सञ्जाल प्रतिवन्धले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्नेछ ।

सामाजिक सञ्जाल प्रतिवन्धमा समर्थन गरेकोमा अल्बानीजले मंगलबार नै अष्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरूलाई धन्यवाद दिन पत्र लेखेका छन् ।

यो सांस्कृतिक परिवर्तन हो । जुन अष्ट्रेलियाले अभिभावकहरूलाई ठूलो मानसिक शान्ति प्रदान गर्न र अष्ट्रेलियाली बालबालिकाको बाल्यकाल सुनिश्चित गर्न आवश्यक रहेको उनले बताए ।

अहिलेसम्म १० सामाजिक सञ्जाल प्लेटफर्महरूलाई प्रतिवन्ध लागू गर्न निर्देशन दिइएको छ । फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स, युट्युब, किक र रेडिट प्रतिवन्ध गर्न निर्देशन दिइएको हो ।

अधिकारीहरूले आवश्यकता अनुसार सूची अद्यावधिक गर्न सक्छन् ।

भिडियो सन्देशमा अल्बानीजले सरकारले एल्गोरिदम, अनन्त सामाजिक सञ्जाल फिडहरू र उनीहरूले ल्याउने दबाबको साथ हुर्केका बालबालिकाहरूलाई सहयोग गर्न परिवर्तन गरेको बताए ।

कानून अन्तर्गत प्रतिवन्ध उल्लंघन गरेकोमा आमाबुबा र बालबालिकालाई दण्डित गरिने छैन । यसलाई लागू गर्ने जिम्मेवारी पूर्ण रूपमा सामाजिक सञ्जाल प्लेटफर्महरूमा राखिएको छ ।

गम्भीर वा बारम्बार उल्लंघन गर्ने प्लेटफर्महरूले ४ करोड ९५ लाख अस्ट्रेलियाली डलर (लगभग ३ करोड २८ लाख अमेरिकी डलर) सम्मको जरिवाना भोग्नुपर्नेछ ।

यद्यपि सरकारले सबै नाबालिग खाताहरू पहिचान गर्न उमेर आश्वासन प्रविधिले केही समय लिने कुरा स्वीकार गरेको छ ।

प्रकाशित मिति २०८२ मंसिर २५ गते बुधबार ०१:००
हजुरको प्रतिक्रिया