२०८३ कात्तिक १० गते सोमबार

परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम

परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ६ गते आइतबार १२:०९

उनले परम्परागत चिकित्सा पद्धतिबारे कुनैपनि मन्त्रालयको नेतृत्व भएन भन्ने गुनासो आएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व गर्दै आइरहेको बताइन् ।

पोखरा ।

अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंग र कार्यक्रमका रुपमा अघि बढाएको बताएकी छिन् ।

विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले परम्परागत चिकित्सा पद्धतिबारे कुनैपनि मन्त्रालयको नेतृत्व भएन भन्ने गुनासो आएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व गर्दै आइरहेको बताइन् ।

आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिका लागि यथोचित बजेट पनि छुट्याइएको जिकिर गरिन् ।

राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षिय रणनीति र कार्यनीतिहरुमा पनि आयुर्वेदका कार्यक्रमहरु परेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘परम्परागत चिकित्सा पद्धतिको बारेमा कुनैपनि मन्त्रालयको नेतृत्व भएन । नयाँ मन्त्रालय भइदिए हुन्थ्यो भन्नेखालका कुरा पनि आयो । परम्परागत चिकित्सा पद्धतिलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महत्वपूर्ण अंग र कार्यक्रमका रुपमा अघि बढाएको छ । त्यसमा यथोचित बजेटहरु विनियोजन भएका छन् । हजारौँ हाम्रा स्वास्थ्यकर्मीहरु कार्यरत छन् । सयौँको संख्यामा हाम्रा चिकित्सालयहरु छन् । अहिले मेरो मन्त्रालयबाट सचिवज्यु र आयुर्वेद विभागका महानिर्देशक समेत यही कार्यक्रममा उपस्थित हुनुहुन्छ । यहाँहरु कसैलाई आयुर्वेदको र परम्परागत चिकित्सा पद्धतिको बारेमा जानकारी लिनुछ भने हाम्रो आयुर्वेद विभागबाट जानकारी पाउन सक्नुहुनेछ । हाम्रो राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षिय रणनीति र कार्यनीतिहरुमा पनि आयुर्वेदका कार्यक्रमहरु परेका छन् ।’

मन्त्री गौतमले आयुर्वेद, योग, ध्यान, धामी, झाँक्री परम्परागत चिकित्सा पद्धति भएको बताइन् ।

परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण कार्यक्रमका रुपमा अघि बढाएको उनले उल्लेख गरिन् ।

प्रकाशित मिति २०८२ पुस ६ गते आइतबार १२:०९
हजुरको प्रतिक्रिया