२०८३ साउन २१ गते बिहीबार

फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहद्वारा नेपाल छाड्ने घोषणा

फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहद्वारा नेपाल छाड्ने घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ३ गते शनिबार ०१:२९

२७ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरिले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने बताएका छन् । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछि...

२७ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरिले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने बताएका छन् । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछि प्रेस कन्फ्रेन्समा उनले साफपछि राजीनामा दिएको बताएका हुन् ।

‘साफको फाईनल नेपाली टिमका लागि मेरो अन्तिम खेल हुनेछ, अब म नेपाल फर्कने छैन’ उनले भनेका छन् । अलमुताईरिको प्रशिक्षणमा नेपालले साफमा ऐतिहासिक सफलता हात पार्दै पहिलो पटक फाईनल पुगेको छ ।

५ राष्ट्र सहभागि साफमा नेपाल ४ खेलबाट ७ अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनल पुगेको हो । अलमुताईरि गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त भएका थिए ।अलमुताईरीको प्रशिक्षणमा नेपालले खेल्ने मानसिकतामा परिवर्तन भएको छ । उनले यसअघि पनि राजीनामा दिने भन्दै सामाजिक सञ्जालमा लेखेर विवादमा आएका थिए ।

प्रकाशित मिति २०७८ पुस ३ गते शनिबार ०१:२९
हजुरको प्रतिक्रिया