२०८३ साउन २१ गते बिहीबार

टान गण्डकीद्धारा ट्रेकिङ एजेन्सी सञ्चालकहरूका लागि डिजिटल पर्यटन प्रवद्र्धन र एआई तालिम सुरु

टान गण्डकीद्धारा ट्रेकिङ एजेन्सी सञ्चालकहरूका लागि डिजिटल पर्यटन प्रवद्र्धन र एआई तालिम सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ८ गते मंगलबार ०७:०७

प्रविधिलाई जोड्न नसक्ने भने अबको समयमा विश्व बजारमा पुग्न नसकिने आचार्यको भनाई थियो ।

पोखरा ।

ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकीले ट्रेकिङ एजेन्सी सञ्चालकहरूका लागि डिजिटल पर्यटन प्रवद्र्धन र एआई तालिम सुरु गरेको छ ।

मंगलबार एक कार्यक्रमकाबीच तालिमको उद्याटन गरिएको छ । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले ४ दिने तालिमको उद्याटन गरेका हुन् ।

तालिम उद्याटन गदै बस्यालले नयाँ प्रविधिसगै पर्यटन क्षेत्रलाई पनि प्रववद्र्धन गर्नुपर्ने बताए । पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा बजारीकरणमा नयाँ प्रविधिको प्रयोगले अन्तराष्ट्रिय बजारमा प्रचार प्रचार गर्नुपर्ने उनको भनाई थियो ।

नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहयोगमा सुरु भएको तालिममा डिजिटल पर्यटन प्रवद्र्धन र एआइ मार्फत पर्यटन प्रवद्र्धनमा सम्भावना खोजी गरिने टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताए ।

प्रविधिलाई जोड्न नसक्ने भने अबको समयमा विश्व बजारमा पुग्न नसकिने आचार्यको भनाई थियो । विश्व बजारमा हुने मार्टहरुमा पोखराको प्रवद्र्धन हुन नसकेको भन्दै आचार्यले सम्भावनाको खोजी गर्न लाग्नुपर्ने जिकिर गरे ।

प्रकाशित मिति २०८२ पुस ८ गते मंगलबार ०७:०७
हजुरको प्रतिक्रिया