२०८३ साउन २१ गते बिहीबार

बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा

बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १० गते बिहीबार ११:१९

बागलुङ। बागलुङ उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको ८ औं बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबारदेखि शुरु हुने महोत्सव पुस २१ गतेसम्म चल्नेछ । रामरेखामा हुने महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष राजनकुमार शाक्यको...

बागलुङ।

बागलुङ उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको ८ औं बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबारदेखि शुरु हुने महोत्सव पुस २१ गतेसम्म चल्नेछ ।

रामरेखामा हुने महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा मुल समारोह समिति गठन भएको छ भने अन्य दुइ दर्जन उपसमिति बनेका छन् ।

महोत्सवमा २ सय व्यवसायिक स्टल रहनेछन । त्यसबाहेक कृषि, घरेलु तथा स्थानीय उत्पादनलाई बिशेष प्राथमिकताका साथ र कृषिको हकमा निशुल्क स्टल दिइने भएको छ । यो पटक महोत्सवमा १५ गते सुन्तलामय बनाउने लक्ष्य राखिएको छ । उक्त दिन किसानले चाहेजति सुन्तला ल्याउन पाउने र बिक्री गर्ने तथा बिक्री नभएको संघले खरिद गरेर मेड इन बागलुङ स्टलमा राखिने भएको हो ।

महोत्सवमा पुरुष तथा महिला भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको छ । पुरुषतर्फ गण्डकी प्रदेशका पालिकास्तरीय खेल हुनेछन् । अहिलेसम्म १० टिमले दर्ता गरेर खेलकालागि तयारी गरेको खेल संयोजक प्रकाश थापाले जानकारी दिए । महिला भलिबल तर्फ पनि गण्डकी प्रदेश स्तरीय खुला खेल हुनेछ । त्यसकालागि अहिले सम्म ७ टिम सहभागि बन्ने जनाइएको छ ।

महोत्सव नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नेछन् । पुस १६ गते पर्यटन मन्त्रीको उपस्थितिमा बागलुङ पर्यटन सम्बन्धी चर्चा हुने संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिए । साथै महोत्सवमा फोटो प्रर्दशनी समेत राखिएको छ । महोत्सवमा न्यु इएरइभ कार्यक्रम पनि हुने छ । त्यसकालागि फिरन्ते व्याण्डले १६ गतेको प्रस्तुती गर्नेछ भने १८ गते पनि अर्को व्याण्डले प्रस्तुती दिने छ ।

टिकटक प्रतियोगिता, कथा बाचन प्रतियोगिता जस्ता नवप्रवर्दनात्मक कार्यक्रम पनि यो पटक समावेश छन् । त्यसका लागि बिद्यालयका बिद्यार्थीलाई बागलुङको पर्यटन, उद्योग लगायतको क्षेत्रको सकारात्मक सन्देश जाने खालका कथा तयारीमा जिम्मा समेत दिइएको छ ।

लोकदोहोरी गीत प्रतियोगिता महोत्सवको थप आकर्षण रहेको छ । यो पटक खुला लोकदोहोरी गीत प्रतियोगिता सहित राष्ट्रिय कलाकारहरुको नियमित प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवको टिकटबाट उवासंघले मानवसेवा आश्रम, नेपाल पत्रकार महासंघ लगायतलाई समेत सहयोग गर्ने संघले बुधवार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

प्रकाशित मिति २०८२ पुस १० गते बिहीबार ११:१९
हजुरको प्रतिक्रिया