२०८३ साउन २१ गते बिहीबार

शितलहरका कारण मधेसमा दलित समुदाय पीडामा छन्ः उपराष्ट्रपति यादव

शितलहरका कारण मधेसमा दलित समुदाय पीडामा छन्ः उपराष्ट्रपति यादव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १४ गते सोमबार ०१:३१

प्राकृतिक विपद्हरुमा दलित समुदाय सबैभन्दा बढी जोखिममा रहने गरेको उनको भनाई छ । यसमा आयोग अभिभावकको भुमिकामा देखिनुपर्नेमा उनले जोड दिए । आयोगले आफैँले सहयोग गर्नसक्ने अवस्थामा सहयोग गर्ने र गर्न नसक्ने अवस्थामा राज्यको ध्यानाकर्षण गराउनुपर्ने उनले बताए ।

पोखरा ।

उपराष्ट्रपति रामसहाय यादवले मधेसमा हाल शितलहरका कारण दलित समुदाय पीडामा रहेको बताएका छन् ।

राष्ट्रिय दलित आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्राकृतिक विपद्हरुमा दलित समुदाय सबैभन्दा बढी जोखिममा रहने गरेको उनको भनाई छ ।

यसमा आयोग अभिभावकको भुमिकामा देखिनुपर्नेमा उनले जोड दिए । आयोगले आफैँले सहयोग गर्नसक्ने अवस्थामा सहयोग गर्ने र गर्न नसक्ने अवस्थामा राज्यको ध्यानाकर्षण गराउनुपर्ने उनले बताए ।

सरकारको ध्यान पुग्न नसकेको स्थानहरुमा आयोगले तत्कालै सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनको भनाई छ ।

तराई मधेसका दलितहरु अझै शिक्षा, स्वास्थ्य, राजनितिक पहुँचको रेखाभन्दा बाहिर रहेको पनि उनले उल्लेख गरे ।

उनीहरुलाई मूलधारमा ल्याउन आयोगले सक्रियता देखाउन जरुरी रहेको उनको भनाई छ ।

स्वास्थ्य बीमा लगायतका कार्यक्रममा आर्थिक अभाव र जनचेतनाको कमीले धेरै जसो दलित समुदायले लाभ लिन नसकेको पनि उनले बताए ।

आयोगले यसको लागि जागरुकता अभियानलाई संस्थागत रुपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

उनले आयोगलाई दलितलक्षित सिपमुलक तथा रोजगारीमुलक कार्यक्रमहरु विपन्न क्षेत्र, बस्तीमा संचालन गर्न सुझाव दिएका छन् ।

उनले भने, ‘तराई मधेसका दलितहरु अझै शिक्षा, स्वास्थ्य, राजनितिक आदीमा पहुँच रेखाभन्दा बाहिर सीमान्तकृत अवस्थामा रहेका छन् । तिनीहरुलाई मुलधारमा ल्याउन आयोगले थप सक्रियता देखाउन अति जरुरी छ । स्वास्थ्य बीमा कार्यक्रममा अर्थको अभाव र जनचेतनाको कमीले धेरै जसो दलित समुदायले लाभ लिन सकेका छैनन् । आयोगले यसको लागी जागरुकता अभियानलाई संस्थागत रुपमा अघि बढाउनुपर्छ । यसैगरी दलित लक्षित सीपमुलक तथा रोजगारीमुलक कार्यक्रमहरु अत्यन्तै विपन्न क्षेत्र, बस्तीमा संचालन गर्न आयोगको थप पहल र सक्रियता उत्तिकै आवश्यक छ । प्राकृतिक विपद्हरुमा दलित समुदाय सबैभन्दा बढी जोखिममा रहने गरेकाले यसमा आयोग अभिभावकको भुमिकामा देखिनुपर्दछ । आयोगले आफैँले सहयोग गर्न सक्ने अवस्थामा सहयोग गर्ने र गर्न नसक्ने अवस्थामा राज्यको ध्यानाकर्षण गराउँदै थप सहयोगका लागि योगदान दिन सक्छ । मधेशमा हाल शितलहरका कारण दलित समुदाय अत्यन्त पिडित छन् । यसका सरकारको ध्यान पुग्न नसकेको स्थानहरुमा आयोगले तत्कालै ध्यानाकर्षण गराउनुपर्दछ ।’

उनले समाजमा अझैपनि विभिन्न कुऋति, विसंगति र भेदभावका अवशेषहरु रहेकोले त्यसलाई हटाउने चुनौतीहरु रहेको बताए ।

दलितदलित बीचमा पनि विभिन्न विभेद र छुवाछुतको अवस्था रहेको उनको भनाइ छ ।  यसलाई हटाउन आयोगले अग्रसरता देखाउनुपर्नेमा उनले जोड दिए ।

आयोगले तयार पारेको रणनीतिक योजना २०८२÷८७ तथा आयोगको उजुरी व्यवस्थापन प्रणालीलाई कार्यन्वयन गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति २०८२ पुस १४ गते सोमबार ०१:३१
हजुरको प्रतिक्रिया