२०८३ साउन २१ गते बिहीबार

विवाद चर्किदा पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी प्रहरी नियन्त्रणमा

विवाद चर्किदा पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी प्रहरी नियन्त्रणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २५ गते शुक्रबार ०८:१३

वडाअध्यक्ष अधिकारीको निजी सवारीमा तोडफोड

पोखरा ।

पोखरामा फोहोर प्रशोधन केन्द्र निर्माणको विवाद चर्किदा पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार फोहोर प्रशोधन केन्द्र निर्माणको विरोधमा पुगेका स्थानीयलाई वडाध्यक्षले खुकुरी देखाए पछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्षले खुकुरी देखाएको भन्दै स्थानीय थप आन्दोलित भएका छन् । पुँडीटारमा फोहोर प्रशोधन केन्द्र बनाउने निर्णयको विरोधमा शुक्रवार वडा कार्यालय अगाडि केही स्थानिय प्रदर्शन गर्न पुगेका थिए ।

प्रशोधन केन्द्रको विरोध गर्दै आएका पोखरा महानगरपालीका वडा नं ३३ का केही स्थानियले वडाअध्यक्ष अधिकारीको निजी सवारी पनि तोडफोड गरेका छन् । खुकुरी नियन्त्रणमा लिने क्रममा स्थानीय रुद्र आलेको हातमा सामन्य चोत समेत लागेको छ ।

पोखरा ३३ का स्थानिय पुँडीटारमा फोहोर प्रशोधन केन्द्र बनाउने भनेदेखि नै विरोधमा छन् । बारम्बार आवाज उठाउँदा पनि आफ्नो मागको सुनुवाइ नभएको भन्दै उनीहरु शुक्रबार वडा कार्यालय घेराउ गर्न पुगेका थिए ।

सो क्रममा उनीहरुले गेटमा ताला लगाएर प्रदर्शन थालेका थिए । वडाध्यक्ष अधिकारी वडामा पुगे पछि स्थानीयले उनको गाडी तोडफोड गरेका थिए । त्यस पछि अधिकारीले कम्मरमा रहेको खुकुरी निकालेको स्थानीयको भनाई छ ।

पोखरा महानगर र निर्माण कम्पनी टेरासोल्भ रिनुएवल प्रालिबीच सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत फोहोर प्रसोधन केन्द्र निर्माण गर्ने सम्झौता भएको छ । ।

सम्झौता अनुरुप ८० करोडको लागतमा फोहोर प्रसोधन केन्द्र निर्माण गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति २०८२ पुस २५ गते शुक्रबार ०८:१३
हजुरको प्रतिक्रिया