२०८३ असोज २४ गते शनिबार

सरकारसँग सडक विस्तारका लागि जमिन अधिग्रहण गर्ने सामथ्र्य छैनः हरिवंश आचार्य

सरकारसँग सडक विस्तारका लागि जमिन अधिग्रहण गर्ने सामथ्र्य छैनः हरिवंश आचार्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २६ गते शनिबार १२:०१

उनले भने, ‘ट्राफिक नियममा हामी बिस्तारै बाँधिदै छौँ । हाम्रा अग्रजहरुले काठमाडौं शहरको पारित गर्दा नेपालको सम्बन्ध बढ्छ, सम्बन्धको साधक सवारीसाधन पनि हो । सम्बन्ध बढ्दै गइसकेपछि सवारीसाधन बढ्छन् भनेर सोचेर बनाएको भए यो स्थिति आज भोग्न पर्दैन थियो । भोलिका दिनमा हामीले गाडी चलाउने ठाउँ नपाउन सक्छौँ । काठमाडौंमा सवारीसाधन धेरै भइसकेका छन् । भयावह स्थिति भइसकेको छ । अब बाटो फराकिलो गर्न जमिन अधिग्रहण गर्न पनि सरकारसँग कुनै सामथ्र्य छैन ।’

पोखरा ।

अग्रज कलाकार हरिवंश आचार्यले काठमाडौंमा सवारीसाधनको चाप धेरै भइसकेको बताएका छन् ।

शनिबार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मानिसहरु ट्राफिक नियममा विस्तारै बाँधिरहेको तर सवारीसाधनको व्यवस्थापनमा समस्या आइरहेको बताए ।

भविष्यमा सवारीसाधन चलाउनै नसक्ने स्थितिमा पुग्नसक्न उनको भनाइ छ । सडक विस्तार गर्न समेत जमिन अधिग्रहण गर्न नसक्ने स्थितिमा सरकार रहेको उनले उल्लेख गरे ।

उनले भने, ‘ट्राफिक नियममा हामी बिस्तारै बाँधिदै छौँ । हाम्रा अग्रजहरुले काठमाडौं शहरको पारित गर्दा नेपालको सम्बन्ध बढ्छ, सम्बन्धको साधक सवारीसाधन पनि हो । सम्बन्ध बढ्दै गइसकेपछि सवारीसाधन बढ्छन् भनेर सोचेर बनाएको भए यो स्थिति आज भोग्न पर्दैन थियो । भोलिका दिनमा हामीले गाडी चलाउने ठाउँ नपाउन सक्छौँ । काठमाडौंमा सवारीसाधन धेरै भइसकेका छन् । भयावह स्थिति भइसकेको छ । अब बाटो फराकिलो गर्न जमिन अधिग्रहण गर्न पनि सरकारसँग कुनै सामथ्र्य छैन ।’

कलाकार आचार्यले सार्वजनिक सवारी साधन कम रहेको बताए । ट्राफिक व्यवस्थापनमा गम्भीरताका साथ लाग्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति २०८२ पुस २६ गते शनिबार १२:०१
हजुरको प्रतिक्रिया