२०८३ कात्तिक ११ गते मंगलबार

विदेशबाट आउनेहरु अब क्वारेन्टिनमा बस्न नपर्ने

विदेशबाट आउनेहरु अब क्वारेन्टिनमा बस्न नपर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ४ गते आइतबार ०३:२०

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण देखिएका ६७ देशबाट आउने यात्रुले अब क्वारेन्टिनमा बस्न नपर्ने भएको छ । अध्यागमन विभागले सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरेको हो। विभागले...

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण देखिएका ६७ देशबाट आउने यात्रुले अब क्वारेन्टिनमा बस्न नपर्ने भएको छ । अध्यागमन विभागले सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरेको हो।

विभागले आज एक सूचना जारी गर्दै सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित गरिएको जानकारी दिएको हो । विभागका अनुसार अर्को सूचना नआएसम्मका लागि आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अब लागू हुने छैन । तर, कोरोनासम्बन्धी मापदण्ड र यात्राबारे यसअघिका नियम भने यथावत रहेको जानकारी उसले दिएको छ ।

यसअघि होटल क्वारेन्टिनमा बस्दा लाग्ने सबै खर्चसमेत यात्रुले नै बेहोर्नुपर्ने नियम थियो । साथै, पीसीआर परीक्षण गर्नुपर्ने र रिपोर्ट नेगेटिभ आएपछि पनि एक हप्ता आफ्नै घरमा सुरक्षित रुपमा बस्नुपर्ने भनिएको थियो । पीसीआर पोजेटिभ देखिए तोकिएका आइसोलेशन केन्द्र वा अस्पताल पठाउनुपर्ने नियम लागू गरिएको थियो ।

प्रकाशित मिति २०७८ पुस ४ गते आइतबार ०३:२०
हजुरको प्रतिक्रिया
मुग्लिन–पोखरा अब सररर

मुग्लिन–पोखरा अब सररर

२०८३ कात्तिक ११ गते मंगलबार ०५:११
दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

२०८३ कात्तिक ११ गते मंगलबार ०५:०४
विराटनगरमाथि चितवनको रोमाञ्चक जित

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

२०८३ कात्तिक ११ गते मंगलबार ०४:५४