२०८३ साउन २१ गते बिहीबार

बहुप्रतिक्षित सानिमा जनरल इन्स्योरेन्सको आइपीओ आउँदै

बहुप्रतिक्षित सानिमा जनरल इन्स्योरेन्सको आइपीओ आउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ५ गते सोमबार ०७:२८

सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई प्राथमिक सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । कम्पनीले ३० कराेड रूपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ सर्वसाधरणका लागि खाेल्ने भएकाे छ । कम्पनीका चुक्तापूँजीको ३०...

सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई प्राथमिक सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

कम्पनीले ३० कराेड रूपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ सर्वसाधरणका लागि खाेल्ने भएकाे छ । कम्पनीका चुक्तापूँजीको ३० प्रतिशत सेयर प्रतिकित्ता रु. १०० का दरले निष्कासन गरिनेछ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

निर्जीवन बिमा कम्पनी समूहमा सुचिकृत यस कम्पनीको आइपीओ लगानी बजारमा बहुप्रतिक्षित मानिएकाे छ । कम्पनीकाे बिक्री तथा निष्कासन प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमीटेड रहेको छ ।

प्रकाशित मिति २०७७ असोज ५ गते सोमबार ०७:२८
हजुरको प्रतिक्रिया