२०८३ असोज २३ गते शुक्रबार

बालुवाटारमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

बालुवाटारमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ४ गते आइतबार ०४:५९

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ। तर, बैठकमा संसद्को ठूलो दल प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सभागी भएको छैन। प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा एमाले अनुपस्थित रहँदै आएको छ। एकीकृत...

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ। तर, बैठकमा संसद्को ठूलो दल प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सभागी भएको छैन।

प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा एमाले अनुपस्थित रहँदै आएको छ। एकीकृत समाजवादी पनि बैठकमा सहभागी हुने भएपछि एमाले सहभागी नभएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी लगायत संसद्‌मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सर्वदलीय बैठक बोलाएका हुन्। सर्वदलीय बैठकअघि बालुवाटारमै सत्तागठबन्धनको बैठक बसेको थियो।

प्रकाशित मिति २०७८ पुस ४ गते आइतबार ०४:५९
हजुरको प्रतिक्रिया