पोखरा ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सदस्यहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ ।
दिगो पर्यटनका लागि समान सहभागिता भन्ने मूल उद्देश्य लिएर स्थापना भएको संघले पर्यटन व्यवसायी महिलाहरुको लागि ३ दिनको क्षमता अभिवृद्धि तालिम सुरु गरेको हो ।
तालिम अन्तरगत व्यक्तिगत विकास, डिजिटल मार्केटिङ्ग ट्रेनिङ्ग, व्यवसाय प्रवद्र्धन तथा ब्राण्डीङ, साइबर क्राइम सचेतना सम्बन्धी प्रशिक्षण दिइने संघी अध्यक्ष शोभा न्यौपाने पाण्डेले जानकारी दिइन् ।
पोखरामा आयोजना गरिएको तीन दिने तालिमको सोमबार नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले उद्याटन गरे । तालिमको उद्याटन गदैँ लामिछानेले महिलाहरुको संख्या पर्यटन क्षेत्रमा निकै न्युन रहेको बताए ।
उनले महिलाहरुलाई पर्यटनमा आकर्षण बताउदै त्यसका लागि पर्यटन बोर्डले सरोकारवालाहरुसंग समन्वय गदै आएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरिक्षक नमराज भट्टराइले साइबर अपराधका घटना बढ्दै गएकाले व्यवसायीहरु पनि सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै अगुवा महिला पर्यटन व्यवसायी लक्ककी कार्की क्षत्रीले पर्यटन व्यवसायी महिलाहरु संगठित भएर क्षमता विकासमा लाग्नुपर्ने बताइन् ।
पोखरा पर्यटन परिषद्का सचिव नारायण प्रसाद सुवेदीले समयको विकास क्रमसगै क्षमता अभिबृद्धि गदै व्यवसयालाई प्रविधि मैत्री बनाउनुपर्नेमा जोड दिए ।
तालिममा डाक्टर आरती रेग्मीले व्यक्तीत्व विकास, व्यवसाय ब्राण्डिङ्ग तथा र प्रवद्र्धन वारे समिर बराल,डिजिटल मार्केटिङ वारे बिजय कुमाल र साइबर क्राइम वारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नबिन कार्कीले प्रशिक्षण दिने टेवानका महासचिव शोभा पौडेलले जानकारी दिइन् ।
प्रकाशित मिति २०८२ माघ १३ गते सोमबार ०७:२९




