२०८३ कात्तिक १० गते सोमबार

मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न पहल गर्छुः स्वास्थ्यमन्त्री गौतम

मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न पहल गर्छुः स्वास्थ्यमन्त्री गौतम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ २२ गते बुधबार ०१:४२

मन्त्री गौतमले मानसिक रोगका विरामीहरुलाई समाजले हेयभावका साथ हेर्ने भएकाले पनि सो अस्पतालको नाम राष्ट्रिय मनोस्वास्थ्य केन्द्र राख्न उपयुक्त हुने प्रश्ताव अस्पतालले गरेको र त्यसलाई आफूले अघि बढाउन चाहेको पनि स्पष्ट पारिन् ।

पोखरा ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बताएकी छिन् ।

बुधबार ललितपुरको पाटनस्थित मानसिक स्वास्थ्य अस्पतालको अनुगमनको क्रममा उहाँले सो प्रतिवद्धता व्यक्त गरेकी हुन् ।

मन्त्री गौतमले मानसिक रोगका विरामीहरुलाई समाजले हेयभावका साथ हेर्ने भएकाले पनि सो अस्पतालको नाम राष्ट्रिय मनोस्वास्थ्य केन्द्र राख्न उपयुक्त हुने प्रश्ताव अस्पतालले गरेको र त्यसलाई आफूले अघि बढाउन चाहेको पनि स्पष्ट पारिन् ।

त्यस अवसरमा उनले निर्वाचन आचारसंहिताका कारण आफूले धेरै काम गर्न सक्ने अवस्था नरहेको पनि बताइन् ।

मन्त्री गौतमले भने, ‘उहाँले यसलाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा यो अस्पताललाई विकास गरौ भन्नु हुन्छ । हाम्रो समाजमा मानसिक स्वास्थ्य र मानसिक अस्पताल भन्न साथै विरामी मनोरोगी भन्न साथै एक प्रकारको स्टिग्मा छ । जुन जसलाई अलि हेय भावले त्यस्ता विरामीहरुलाई हेर्ने प्रचलन छ । जुन सरासर लगत कुरा हो । किनभने जसरी ब्लड प्रेसर बढयो अथवा चिनीको विरामी भयो, अथवा क्यान्सरको विरामी भयो । त्यस्तै प्रकारले हाम्रो सम्पूर्ण सरिरलाई रेगुलेट गर्ने जुन हाम्रो ब्रेन हुन्छ, माइन्ड हुन्छ । त्यसमा तलमाथि पर्न र उपचारको आवश्यकता पर्नु यो सामान्य कुरा हो । तर त्यसलाई हामीले नबुझेर धेरै हेयभावले हेर्दछौँ । जुन गलत हो । त्यसले गर्दा यो राष्ट्रिय मनोस्वास्थ्य केन्द्र भन्यो भने अस्पताल भन्ने स्टिग्माबाट यो हटछ भन्ने उहाँको सोच छ । यो मलाई सही लागेको छ । अहिले त आचारसंहिता लगायत विभिन्न कुराहरु छन् । मैले कतिको सकुला, त्यो मलाई थाहा छैन । तर म प्रयास निकै गर्छु । अव आउने सरकारले त्यो काम गरिदेओस । यसको उपचारको क्रममा देखिएका स्टिग्मा हटाउने प्रयास गरिदेओस् भनेर म फेरि पनि आउने सरकारलाई म भन्न चाहन्छु ।’

मन्त्री गौतमले नेपालमा मानसिक रोगीहरुको संख्या बढ्दै गएकाले यसको उपचारका लागि उचित व्यवस्था गर्न अब आउने सरकारले विशेष ध्यान दिन आवश्यक रहेको समेत बताए ।

प्रकाशित मिति २०८२ माघ २२ गते बुधबार ०१:४२
हजुरको प्रतिक्रिया