२०८३ कात्तिक ११ गते मंगलबार

आज देशभरको मौसम कस्तो रहन्छ?

आज देशभरको मौसम कस्तो रहन्छ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ६ गते मंगलबार १०:१२

पोखरा । देशका धेरै स्थानमा आज (मंगलबार) को मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले बिहान पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि क्षेत्रको...

पोखरा । देशका धेरै स्थानमा आज (मंगलबार) को मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले बिहान पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

यस्तै, राती प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।

प्रदेश १ ,बाग्मती प्रदेश तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति २०७८ पुस ६ गते मंगलबार १०:१२
हजुरको प्रतिक्रिया