२०८३ कात्तिक १० गते सोमबार

गोरखामा भोलिदेखि एचपीभी खोप अभियान

गोरखामा भोलिदेखि एचपीभी खोप अभियान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ २७ गते सोमबार ०१:४३

गोरखा । पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिएको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान भोलिदेखि गोरखा जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गोरखामा भोलिदेखि फागुन १...

गोरखा ।

पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिएको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान भोलिदेखि गोरखा जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने भएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गोरखामा भोलिदेखि फागुन १ गतेसम्म खोप अभियान सञ्चालन हुने प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका एचपीभी खोप अभियानका फोकल पर्सन नानीबाबु दानीले जानकारी दिए ।

अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई एचपीभी खोप लगाइनेछ । जिल्लाका ११ स्थानीय तहमा यसपटक १ हजार ८८५ जना किशोरीले खोप पाउने अनुमान छ ।

स्वास्थ्य कार्यालय गोरखाकी प्रमुख सिम्रिन काफ्लेले एचपीभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क भएकाले ढुक्क भएर लगाउन आग्रह गरिन् । प्रारम्भिक किशोरावस्थामै खोप लगाउँदा पाठेघरको मुखको क्यान्सर रोकथाममा प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको उनले बताइन् ।

प्रकाशित मिति २०८२ माघ २७ गते सोमबार ०१:४३
हजुरको प्रतिक्रिया