२०८३ कात्तिक १० गते सोमबार

बादल हत्याकाण्डका दोषी रविन केसी लेकसाइडबाट पक्राउ

बादल हत्याकाण्डका दोषी रविन केसी लेकसाइडबाट पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ३० गते बिहीबार १२:४६

२०७२ साउन २८ गते राति कास्कीको साविक लेखनाथ नगरपालिकाको गगनगौँडामा नेपाली कांग्रेसका कार्यकर्ताबीचको आन्तरिक विवादमा रामजी पौडेल (बादल) को हत्या भएको थियो ।
सर्वोच्च अदालतले बादल हत्यामा पक्राउ परेका केसी सहित ४ जनालाई मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

पोखरा ।

कास्की प्रहरीले रामजी पौडेल (बादल) हत्याकाण्डका दोषी रविन केसीलाई पक्राउ गरेको छ ।

बुधबार साँझ लेकसाईडबाट केसीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार दोषी केसीलाई आज अदालतमा पेश गरिने छ ।

२०७२ साउन २८ गते राति कास्कीको साविक लेखनाथ नगरपालिकाको गगनगौँडामा नेपाली कांग्रेसका कार्यकर्ताबीचको आन्तरिक विवादमा रामजी पौडेल (बादल) को हत्या भएको थियो ।

सर्वोच्च अदालतले बादल हत्यामा पक्राउ परेका केसी सहित ४ जनालाई मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।

केसी सहित प्रकाश गुरुङ, विश्वास गौतम, राजु रानाभाटलाई ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्मकैदको सजाय हुने ठहर गरेको हो ।

सर्वोच्चले आफ्नो ठहरमा ‘योजनाबद्ध र संगठित रुपमा हत्या गरिएको’ र ‘संवेदनशील अंगमा प्रहार गरी शव लुकाउन खोजिएको’ उल्लेख गरेको छ ।

न्यायाधीशद्वय डा. कुमार चुडाल र नृपध्वज निरौलाको संयुक्त इजलासले १७ चैत २०८१ मा गरेको फैसलाको पूर्णपाठ अहिले सार्वजनिक गर्दै उच्च अदालत पोखराको फैसला आंशिक उल्ट्याएको हो ।

प्रकाशित मिति २०८२ माघ ३० गते बिहीबार १२:४६
हजुरको प्रतिक्रिया