२०८३ साउन २१ गते बिहीबार

चितवनबाट काठमाडौँ आएका युवकको झोलामा गाेलीसहितकाे पेस्ताेल बरामद

चितवनबाट काठमाडौँ आएका युवकको झोलामा गाेलीसहितकाे पेस्ताेल बरामद

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन १ गते शुक्रबार ०५:०६

काठमाडाैं । प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले पेस्तोल सहित नागढुंगा चेक प्वाईन्टबाट आज १ जनालाई नियन्त्रणमा लिएको छ। चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको...

काठमाडाैं ।

प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले पेस्तोल सहित नागढुंगा चेक प्वाईन्टबाट आज १ जनालाई नियन्त्रणमा लिएको छ।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा हतियार फेला पारेको हो।

पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका २ बस्ने ३० वर्षीय केयुर पुरी रहेका छन्।

पुरीको झोलाबाट मेड इन यूएसए लेखिएको पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने ४ राउन्ड गोली फेला परेको प्रहरीले जनाएको छ।

घटनाको सम्बन्धमा प्रहरीले आवस्यक अनुसन्धान गरि रहेको छ।

प्रकाशित मिति २०८२ फागुन १ गते शुक्रबार ०५:०६
हजुरको प्रतिक्रिया