२०८३ कात्तिक १० गते सोमबार

सरकारले त्रिशुलीमा बस दुर्घटनाको छानबिन गर्ने

सरकारले त्रिशुलीमा बस दुर्घटनाको छानबिन गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन ११ गते सोमबार १२:०६

पोखरा । त्रिशुलीमा यात्रुबाहक बस खस्दा भएको दुर्घटनाको सम्बन्धमा सरकारले छानबिन गर्ने भएको छ । पोखराबाट काठमाडौं तर्फ जादैं गरेको ग २ ख १४२१ नम्बरको बस आइतबार राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा...

पोखरा ।

त्रिशुलीमा यात्रुबाहक बस खस्दा भएको दुर्घटनाको सम्बन्धमा सरकारले छानबिन गर्ने भएको छ ।

पोखराबाट काठमाडौं तर्फ जादैं गरेको ग २ ख १४२१ नम्बरको बस आइतबार राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटना बारे छानबिन गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।

दुर्घटनापछि गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीन वटै सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला निकायहरुबीच छलफल भएको थियो ।

छलफलमा घटनाको छानबिन गर्न समिति बनाउने निर्णय भएको हो ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । घाईते मध्ये कलंकी स्थित नेशनल अस्पतालमा १० जना र ट्रमा सेन्टरमा १४ जनाको उपचार भईरहेको छ ।

 

प्रकाशित मिति २०८२ फागुन ११ गते सोमबार १२:०६
हजुरको प्रतिक्रिया