२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ७ गते बुधबार १०:२७

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सम्भावित कार्यसूचीमा चार वटा अध्यादेश पेस गर्ने उल्लेख छ । एमालेको विरोध र नाराबाजी चलिरहँदा चालु १० औँ अधिवेशनको पहिलो बैठकमा पेस...

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा सम्भावित कार्यसूचीमा चार वटा अध्यादेश पेस गर्ने उल्लेख छ । एमालेको विरोध र नाराबाजी चलिरहँदा चालु १० औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।

आजको बैठकमा चारवटा अध्यादेश पेस गरिन लागेको र सोही अध्यादेश अस्वीकृत गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्ताव पनि प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

हिजो बसेको प्रतिनिधिसभाको बैठकबाट दुई वटा अध्यादेश स्वीकृत गरिएको थियो ।

प्रकाशित मिति २०७८ पुस ७ गते बुधबार १०:२७
हजुरको प्रतिक्रिया