२०८३ साउन २१ गते बिहीबार

कांग्रेस कास्कीले १५ फागुनमा बृहत् चुनावी सभा गर्दै

कांग्रेस कास्कीले १५ फागुनमा बृहत् चुनावी सभा गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन १३ गते बुधबार ०६:०१

‘बदल्यौ कांग्रेस, बदल्छौ देश’ भन्ने मुख्य नाराका साथ आयोजना हुन लागेको उक्त सभामा नेपाली काँग्रेसका नेताहरु गगन कुमार थापा र विश्व प्रकाश शर्माले सभालाई सम्बोधन कास्की कांग्रेसले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पोखरा ।

नेपाली कांग्रेस कास्कीले यही फागुन १५ गते पोखरामा बृहत् चुनावी सभा आयोजना गर्ने भएको छ ।

‘बदल्यौ कांग्रेस, बदल्छौ देश’ भन्ने मुख्य नाराका साथ आयोजना हुन लागेको उक्त सभामा नेपाली काँग्रेसका नेताहरु गगन कुमार थापा र विश्व प्रकाश शर्माले सभालाई सम्बोधन कास्की कांग्रेसले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पोखराको अमरसिंह चोकमा हुने सभाका लागि कास्की जिल्लाका गाउगाउबाट कार्यकर्ता उतार्ने नेपाली कांग्रेस कास्कीका सभापति किशोरदक्त बरालले जानकारी दिए ।

सभामा कार्यकर्ता ओसार्नका लागि करिब एक सय गाडी रिजर्भ गरिएको सभा व्यवस्थापन समितिका संयोजक दिपक गुरुङ (माइला) ले जानकारी दिए । सभामा कम्तिमा १५ हजार सहभागि हुने अनुमान रहेको गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सभामा पार्टीको नीति, सिद्धान्त र भावी योजनाका बारेमा सभापति र उपसभापतिले सम्बोधान गर्ने छन् ।

प्रकाशित मिति २०८२ फागुन १३ गते बुधबार ०६:०१
हजुरको प्रतिक्रिया