२०८३ असोज २३ गते शुक्रबार

पाँचतले घरको छतबाट हाम फाल्दा मृत्यु

पाँचतले घरको छतबाट हाम फाल्दा मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ७ गते बुधबार ११:४१

इलाम l इलाम नगरपालिका-८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छिन् । पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानकाे घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । प्रधानले मंगलबार...

इलाम l इलाम नगरपालिका-८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छिन् ।

पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानकाे घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएकाे प्रहरीले जानकारी दिएकाे छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएकाे छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति २०७८ पुस ७ गते बुधबार ११:४१
हजुरको प्रतिक्रिया