२०८३ साउन २१ गते बिहीबार

चितवनको सामुदायिक वनमा पोथी चितुवा मृत फेला

चितवनको सामुदायिक वनमा पोथी चितुवा मृत फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ७ गते बुधबार १२:०१

चितवन । चितवनको रामनगरस्थित सामुदायिक वन क्षेत्रमा एक पोथी चितुवा मृत फेला परेको छ । बुधबार रुखमा च्यापिएको अवस्थामा ३ वर्षको पोथी चितुवा मृत भेटिएको डिभिजन वन कार्यालय भरतपुरले जनाएको हो । रामनगरबाट ठिमुरा जाने सडक नजिक रुखको...

चितवन । चितवनको रामनगरस्थित सामुदायिक वन क्षेत्रमा एक पोथी चितुवा मृत फेला परेको छ ।

बुधबार रुखमा च्यापिएको अवस्थामा ३ वर्षको पोथी चितुवा मृत भेटिएको डिभिजन वन कार्यालय भरतपुरले जनाएको हो ।

रामनगरबाट ठिमुरा जाने सडक नजिक रुखको कापोमा घाँटी च्यापिएको अवस्थामा चितुवा मृत देखेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए ।

चितुवा एक साताअघि नै रुखको कापमा च्यापिएको हुनसक्ने वन कार्यालयको अनुमान छ ।

प्रकाशित मिति २०७८ पुस ७ गते बुधबार १२:०१
हजुरको प्रतिक्रिया