२०८३ साउन २१ गते बिहीबार

पोखरामा स्कुटरको ठक्करबाट एक पुरुष गम्भीर घाइते

पोखरामा स्कुटरको ठक्करबाट एक पुरुष गम्भीर घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन १८ गते सोमबार ०४:०२

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० स्थित औद्योगिक क्षेत्रमा स्कुटरले ठक्कर दिँदा एक पैदल यात्री गम्भीर घाइते भएका छन् । आइतबार बिहान करिब साढे ११ बजेको समयमा भएको उक्त दुर्घटनामा घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषको अहिलेसम्म...

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १० स्थित औद्योगिक क्षेत्रमा स्कुटरले ठक्कर दिँदा एक पैदल यात्री गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान करिब साढे ११ बजेको समयमा भएको उक्त दुर्घटनामा घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषको अहिलेसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

‘पोखरा १० औधौगिक क्षेत्रमा आइतबार बिहान स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएका पैदल यात्रीको अवस्था गम्भीर छ’, प्रनाउ बस्नेतले भने, ‘घाइतेको पहिचान खुल्न सकेको छैन, उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।’

पैदल यात्रीलाई ठक्कर दिने स्कुटर चालक फरार छन् । ग २२ प १३५८ नम्बरको स्कुटरले ठक्कर दिएपछि घाइते पैदल यात्रीलाई तत्कालै उद्धार गरी उपचारका लागि पोखराको फिस्टेल अस्पताल पुर्‍याइएको थियो ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरीले उनको पहिचान खुलाउनका लागि हुलिया सार्वजनिक गर्दै सहयोगको अपिल गरेको छ ।

प्रकाशित मिति २०८२ फागुन १८ गते सोमबार ०४:०२
हजुरको प्रतिक्रिया