२०८३ असोज २३ गते शुक्रबार

प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ७ गते बुधबार ०२:२६

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक पुस १८ गते आइतबार दिनको १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन् । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले आजको बैठकमा पनि नाराबाजी गरेका थिए । सभामुख सापकोटाले संसद बैठकमा...

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक पुस १८ गते आइतबार दिनको १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन् । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले आजको बैठकमा पनि नाराबाजी गरेका थिए ।

सभामुख सापकोटाले संसद बैठकमा अवरोध नगर्न गरेको आग्रहलाई एमाले सांसदले बेवास्ता गरेका थिए । सभामुख सापकोटाले भने संसदीय नियमावली स्मरण गराउँदै अदालतमा विचाराधीन विषयलाई नउचाल्न आग्रह गरेका थिए ।

एमाले सांसदले आग्रहलाई बेवास्ता गर्दै नाराबाजी गरेपछि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।

प्रकाशित मिति २०७८ पुस ७ गते बुधबार ०२:२६
हजुरको प्रतिक्रिया