२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशमा ४८ प्रतिशत मत खस्यो

गण्डकी प्रदेशमा ४८ प्रतिशत मत खस्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २१ गते बिहीबार ०४:१७

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतदानमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ । प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म ९३ः४० बजेसम्म० करिब ४८ प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज...

पोखरा ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतदानमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ ।

प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म ९३ः४० बजेसम्म० करिब ४८ प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिए ।

सबै जिल्लामा उत्साहपूर्ण रूपमा मतदान भइरहेको उनले बताए ।

गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ जना मतदाता रहेका छन्, जसमा महिला नौ लाख ५५ हजार ५१६ जना, पुुरुष नौ लाख १४ हजार ५३५ जना र अन्य १४ जना रहेका प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

प्रकाशित मिति २०८२ फागुन २१ गते बिहीबार ०४:१७
हजुरको प्रतिक्रिया