२०८३ साउन २१ गते बिहीबार

तनहुँको बन्दीपुर बसपार्कबाट अवैध गाँजासहित ३ जना पक्राउ

तनहुँको बन्दीपुर बसपार्कबाट अवैध गाँजासहित ३ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ७ गते बुधबार ०२:४८

तनहुँको बन्दीपुरबाट अवैध गाँजासहित तीन जना पक्राउ परेका छन्। बन्दीपुर गाउँपालिका वडा नं -२ बन्दीपुर बसपार्कबाट सोही गाउँपालिका-६ धरमपानी बस्ने २७ वर्षीय राम गुरुङ लगायत तीन जनालाई २ सय ग्राम अवैध गाँजासहित सोमबार बेलुकी पक्राउ...

तनहुँको बन्दीपुरबाट अवैध गाँजासहित तीन जना पक्राउ परेका छन्।

बन्दीपुर गाउँपालिका वडा नं -२ बन्दीपुर बसपार्कबाट सोही गाउँपालिका-६ धरमपानी बस्ने २७ वर्षीय राम गुरुङ लगायत तीन जनालाई २ सय ग्राम अवैध गाँजासहित सोमबार बेलुकी पक्राउ गरेको प्रहरीले जनाएको छ।

धरमपानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज ३९९१ नम्बरको जिपलाई ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त परिमाणमा लागु औषध फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०७८ पुस ७ गते बुधबार ०२:४८
हजुरको प्रतिक्रिया