पोखरा ।
बलत्कार पछि हत्या भएकी १६ वर्षीय किशोरी ईनिशा वि.क.को न्यायाको माग गर्दै जिलला प्रशासन कार्यालय कास्की मार्फत् सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।
संयुक्त दलित संघर्ष समिति, कास्कीले आइतबार कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा किशोरी इनिसा बि.क.को सामूहिक बलात्कार पछि हत्या भएको घटनाप्रति घोर भत्र्सना गर्दै घटनाको उचित छानबिन गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरिएको छ ।
कास्की जिल्लामा रहेका विभिन्न ११ वटा संघसंस्थाहरुको संयुक्त टोलीले बुझाएको ज्ञापनपत्रमा ईनिशाको घटना सहित देशका विभिन्न ठाउँमा भैरहेका विभेद र हिंसाको घटनाको निन्दा गर्दै पिडकलाई कडा कारवाहीको माग गरिएको छ ।

सुर्खेतको विरेन्द्रनगर–१ म बसोवास गर्दै, स्थानीय उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीय किशोरी ईनिशा वि.क. गत फागुन २३ गते विहान करिब ६ बजे ट्युशन पढ्न भनी घरबाट बाहिर गएको र अबेरसम्म घर नफर्केकाले खोजी गर्दा विरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकको सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएकी थिइन् ।
प्रकाशित मिति २०८२ चैत १ गते आइतबार ०५:३५




