पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ-मन्त्री रामजी प्रसाद बराल जीवनले तीन तहका सरकार बिच आरोप र प्रत्यारोपले संघियता बिरोधीलाई वल पुग्ने बताएका छन् ।राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले बुधबार पोखरामा आयोजना गरेको संघीय सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानिय तहलाई उपलब्ध गराउनुपर्ने अनुदानको सिफारिस सम्बन्धि अन्तरक्र्रिया कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् ।
संघियता अभ्यासको क्रममा भएको हुँदा पहिलो कार्यकालको अनुभवले देखिएका राम्रो पक्षलाई लागु गर्दै जाने नकरात्मक पक्षलाई भने निरुत्साहित गर्नुपर्ने अबस्था रहेको मन्त्री बरालको भनाई छ । संघियता अझै अभ्यासको क्रममा रहेकोले तीन तहका सरकार बिच आरोप र प्रत्यारोप गर्न लागे संघियता बिरोद्धीलाई मलजल पुग्ने उनको भनाई थियो ।
केन्द्रिकृत मानसिकताको कारण साना योजना सबै तहमा समावेस हुने गरेको मन्त्री बरालले दाबी गरे । वित्त सम्बन्धिको सुत्र व्यवहारिक नभएको समेत उनले बताए । समानीकरण विक्त तर्फ बढी केन्द्रित हुनुपर्ने बताउदै मन्त्री बरालले विक्त समानीकरण र शसर्तमा बढी जोड दिनुपर्ने जनाए । बिषेश र समपुरक त्यती धेरै आवश्यक नहुने उनको भनाई थियो । वित्त विज्ञ सोमलाल सुवेदी, केदार बहादुर अधिकारीले कार्यपत्र प्रस्तुतः गरेका थिए ।
प्रकाशित मिति २०७८ पुस ८ गते बिहीबार ११:०८




