२०८३ साउन २१ गते बिहीबार

एबिसी क्याम्पको पिसफूल लजमा आगलागी (तस्बिरहरु)

एबिसी क्याम्पको पिसफूल लजमा आगलागी (तस्बिरहरु)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत ११ गते बुधबार ०४:००

भीषण आगलागी भएपछि किचन, डाइनिङ, स्टोर र ९ वटा बेडरुम पूर्णरुपमा जलेर नष्ट भएको उनले बताए । यस्तै आगलागीबाट पर्यटकका ५ वटा आइफोन र १ वटा डिएसएलआर र लत्ताकपडा जलेका छन् ।

पोखरा ।

कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।

स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको सिलिन्डर लिक भएपछि आगलागी भएको हो ।

भीषण आगलागी भएपछि किचन, डाइनिङ, स्टोर र ९ वटा बेडरुम पूर्णरुपमा जलेर नष्ट भएको उनले बताए । यस्तै आगलागीबाट पर्यटकका ५ वटा आइफोन र १ वटा डिएसएलआर र लत्ताकपडा जलेका छन् ।

गुरुङका अनुसार उक्त लज विगत ८ वर्षदेखि सुवास गुरुङ, ज्ञान गुरुङ, कर्ण गुरुङ र सुक बहादुर गुरुङले सँयुक्त रुपमा पिसफूल लज सञ्चालन गर्दै आएका थिए ।

आगलागीमा भौतिक क्षति भएपनि मानवीय क्षति भने भएको छैन ।

हाल अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) मा अन्नपूर्ण गेष्ट हाउस, सेन्चुरी लज, स्नोल्याण्ड होटेल, प्याराडाइज गार्डेन र सनराइज होटल गरी कुल ५ वटा होटल सञ्चालनमा छन् ।

प्रकाशित मिति २०८२ चैत ११ गते बुधबार ०४:००
हजुरको प्रतिक्रिया