२०८३ साउन २१ गते बिहीबार

म्याग्दीमा वैशाख २ गते देखि आर्थिक गणना हुने

म्याग्दीमा वैशाख २ गते देखि आर्थिक गणना हुने

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८२ चैत १८ गते बुधबार ०१:२६

म्याग्दी । आगामी वैशाख २ गतेदेखि म्याग्दीमा आर्थिक गणना सुरु हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालय म्याग्दीको कार्यालय स्थापनापछि सदरमुकाम बेनीबजारमा आयोजित जिल्लास्तरीय अन्तरक्रिया तथा सचेतना गोष्ठीमा वैशाख २ गतेदेखि...

म्याग्दी ।

आगामी वैशाख २ गतेदेखि म्याग्दीमा आर्थिक गणना सुरु हुने भएको छ ।

जिल्ला आर्थिक गणना कार्यालय म्याग्दीको कार्यालय स्थापनापछि सदरमुकाम बेनीबजारमा आयोजित जिल्लास्तरीय अन्तरक्रिया तथा सचेतना गोष्ठीमा वैशाख २ गतेदेखि आर्थिक गणना सुरु हुने जानकारी दिइएको हो ।

गणना अधिकारी घनश्याम सापकोटाले आर्थिक क्रियाकलाप हुने सबै प्रकारका ब्यवसाय तथा सेवाहरूको आधारभूत विवरणहरू संकलन गरी तथ्यांक प्रकाशन गरिने भएकाले गणना कार्यमा सघाउन अनुरोध गरे ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले आर्थिक गणनाले अर्थतन्त्रलाई व्यवस्थापन गर्न सहज बनाउने विश्वास ब्यक्त गरेका ।

बागलुङ जिल्ला आर्थिक गणना अधिकारी चन्द्रकान्त सुवेदीले आर्थिक गणनाले अर्थतन्त्रलाई सघाउने भएकाले बास्तविक विवरण उपलब्ध गराउन अनुरोध गरे ।

जिल्ला समन्वय अधिकारी निलकण्ठ शर्माले गणनाले राज्यको वास्तविक गार्हस्थ उत्पादन पत्ता लगाउन सघाउने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले देशको अर्थतन्त्रलाई समुन्नत बनाएर आत्मनिर्भर बनाउनु राज्यकै कर्तव्य भएको बताए । यथार्थ विवरण प्राप्त नहुँदा योजना, बजेट र आन्तरिक उत्पादनको काममा लगानी खेर गएको उनले बताए ।

म्याग्दीमा १९ जना गणक र ३ जना सुपरभाइजरले जिल्लाभर १५ खण्डमा विभाजित प्रश्नावलीबाट तथ्याङक संकलन गर्नेछन् ।

 

प्रकाशित मिति २०८२ चैत १८ गते बुधबार ०१:२६
हजुरको प्रतिक्रिया