२०८३ साउन २१ गते बिहीबार

बङ्गलादेशमा तीनतले डुङ्गामा आगलागी हुँदा ३६ को मृत्यु, १०० जना घाइते

बङ्गलादेशमा तीनतले डुङ्गामा आगलागी हुँदा ३६ को मृत्यु, १०० जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ९ गते शुक्रबार ०१:०३

काठमाडौँ । बंगलादेशमा एउटा यात्रुवाहक डुङ्गा (फेरी) मा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार बिहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए । स्थानीय...

काठमाडौँ । बंगलादेशमा एउटा यात्रुवाहक डुङ्गा (फेरी) मा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ ।

राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार बिहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए ।

स्थानीय अधिकारीका अनुसार फेरीको इन्जिनबाट आगो लागेको हो । आगलागीमा परेर १०० जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने फसेकाहरुको उद्धार भइरहेको छ ।

डुङ्गामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति २०७८ पुस ९ गते शुक्रबार ०१:०३
हजुरको प्रतिक्रिया