२०८३ साउन २१ गते बिहीबार

पर्वतमा सडक निर्माण कार्यमा अनियमितता

पर्वतमा सडक निर्माण कार्यमा अनियमितता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत १९ गते बिहीबार ०७:४१

उक्त सडकले तलपट्टि रहेको सार्वजनिक विद्यालय समेत उच्च जोखिममा रहेको उनीहरुको तर्क छ ।

पोखरा ।

पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ६ हुवास गेडीखोला दर्भु सडक निर्माणमा अनियमितता देखिएको छ ।

उक्त सडक निर्माणका क्रममा कच्चा पदार्थ उत्खनन गरी प्राइभेट क्रसरमा ल्याइएको स्थानीयको गुनासो छ ।

उक्त कार्य गर्दा अवैध रूपमा कच्चा पदार्थ उत्खनन गरेको समेत स्थानीय बताउँ छन् । उक्त सडकले तलपट्टि रहेको सार्वजनिक विद्यालय समेत उच्च जोखिममा रहेको उनीहरुको तर्क छ ।

साथसाथै बस्ती समेत जोखिममा रहेको उनीहरु बताउ छन् । यही अवस्थामा उत्खनन गरे सार्वजनिक विद्यालय विस्थापन हुने त्रासमा रहेको स्थानीय बताउँछन् । गाउँपालिका कार्यालय, वडा कार्यालय, प्रहरी प्रशासनले समेत अहिले सम्म कुनै कदम नचालेको स्थानीको भनाइ छ ।

सडक स्तर उन्नतिका लागि स्थानीय तहबाट ९६५००० रकम विनियोजन गरिएको थियो। रकम विनियोजन पश्चात उक्त सडकमा स्थानीय तहको निगरानी पर्न सकेको छैन् ।

सडक स्तर उन्नतिकै नाउँमा कच्चा पदार्थ उत्खनन गर्नुमास्थानीय तहको गम्भीर लापरवाही देखिएको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति २०८२ चैत १९ गते बिहीबार ०७:४१
हजुरको प्रतिक्रिया