२०८३ कात्तिक १० गते सोमबार

अटोमोबाइल पढेर भविश्य सुनिश्चित गर्न अनुरोध

अटोमोबाइल पढेर भविश्य सुनिश्चित गर्न अनुरोध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ६ गते मंगलबार ०१:१२

पोखरा, ६ असोज । पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ सुरु गर्न लागेकोमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन पोखराले स्वागत गरेको छ । एसोसिएसनका अध्यक्ष...

पोखरा, ६ असोज । पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ सुरु गर्न लागेकोमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन पोखराले स्वागत गरेको छ ।

एसोसिएसनका अध्यक्ष चन्द्रबहादुर कुँवरले निकालेको विज्ञप्तिमा महानगरको कदमको स्वागत गर्दै शिक्षालयबाट उत्पादन हुने अटो मोबाइल इन्जिनियरबाट यस क्षेत्रमा खड्किएको दक्ष जनशक्तिको मागलाई पूरा गर्ने विश्वास लिइएको छ ।

‘पोखरा महानगरको यो कार्यमा पश्चिमाञ्चल अटो मोबाइल डिलर्स एसोसिएसनले सदैव सहकार्य गर्ने छ,’ विज्ञप्तिमा भनिएको छ,‘एइई उत्तीर्ण विद्यार्थीलाई अटोमोबाइल इन्जिनियरिङ अध्ययन गरी भविश्य सुरक्षित गर्न आह्वान गर्दछौं ।’

यसैबीच पोखरा महानगरपालिका वडा नम्बर २१ र ३३ वडा कार्यालयले आफ्नो वडामा बस्ने २ जनालाई छावृत्ति उपलब्ध गराउने भएका छन् । वडा नम्बर १५ ले पनि वडामा बसोबास गर्ने शिक्षालयमा अध्ययन गर्न चाहने मध्येबाट एक जनालाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
शिक्षालयमा अध्ययन गर्न असोज १५ गतेसम्म फारम भर्न सकिने पोखरा महानगरपालिका शिक्षा महाशाखाले बताएको छ । पोखरा २९ भण्डारढिकमा रहेको गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाइ यसैवर्षदेखि सुरु हुँदैछ ।

प्रकाशित मिति २०७७ असोज ६ गते मंगलबार ०१:१२
हजुरको प्रतिक्रिया