२०८३ साउन २१ गते बिहीबार

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशको क्यालेन्डर विमोचन

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशको क्यालेन्डर विमोचन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २४ गते मंगलबार ०३:२०

पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशले २०८३ सालको क्यालेन्डर विमोचन गरेको छ । संघले सोमबार पोखरामा एक कार्यक्रम गरी नयाँ वर्ष २०८३ सालको शुभकामना आदान–प्रदान सहितको टेवल क्यालेण्डर विमोचन गरेको हो । संघका...

पोखरा ।

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशले २०८३ सालको क्यालेन्डर विमोचन गरेको छ ।

संघले सोमबार पोखरामा एक कार्यक्रम गरी नयाँ वर्ष २०८३ सालको शुभकामना आदान–प्रदान सहितको टेवल क्यालेण्डर विमोचन गरेको हो ।

संघका अध्यक्ष सुजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका अधिकृत प्रदिप ढकालको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक केशर केसीले क्यालेण्डर प्रकाशनमा सहयोग पुर्याउने सम्पूर्ण स्पोन्सरहरू तथा संयोजन गर्ने व्यावसायिक शाखाका अधिकृतहरू प्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रम सञ्चालन संघका महासचिव धिराज श्रेष्ठले सहभागीहरुलाई सहयोग, साथ र समर्थन का लागि धन्यवाद् व्यक्त गरे ।

 

 

प्रकाशित मिति २०८२ चैत २४ गते मंगलबार ०३:२०
हजुरको प्रतिक्रिया