२०८३ साउन २१ गते बिहीबार

सिड्नीको संघर्षदेखि पोखरामा सफलताः पानी सफाइमा युवाको पहल

सिड्नीको संघर्षदेखि पोखरामा सफलताः पानी सफाइमा युवाको पहल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २४ गते मंगलबार ०७:३९

विदेशको मोहभन्दा पनि स्वदेशमै अवसर खोज्ने यस्तो प्रयासले धेरै युवालाई प्रेरणा दिन सक्छ ।

पोखरा ।

विदेशमा वर्षौं बिताएर स्वदेश फर्किएका धेरै युवाहरू अझै रोजगारीको खोजीमा छन्। तर केही यस्ता पनि छन्, जसले विदेशको अनुभवलाई देशमै अवसरमा बदलिरहेका छन्। जहाँ एक युवाले अष्ट्रेलियाबाट फर्किएपछि स्वच्छ पानी अभियान सुरु गरेका छन् ।

करिब एक दशकअघि विद्यार्थी भिसामा अष्ट्रेलिया पुगेका नारायण प्रसाद आचार्य त्यहाँको संघर्षपूर्ण जीवनसँग परिचित थिए । कलेज भर्ना, महँगो शुल्क, काम र भिसाको अनिश्चितता—यी सबैबीच उनले अकाउन्टिङ अध्ययन गरेका थिए । तर अध्ययन अनुसारको अवसर भने निकै कम पाएको गुनासो गर्छन् ।

विशेषगरी सिडनी मा बसाइँका क्रममा उनले महसुस गरेको विदेशमा पढाइभन्दा पनि अवसर र बसाइँको स्थायित्व नै मुख्य लक्ष्य हुने रहेछ। विदेशमा बितेका ती वर्षहरू केवल संघर्षमै सीमित रहेनन्—त्यो समयले उनलाई एक्लोपन, परिवारको माया र आफ्नो देशप्रतिको गहिरो भावना पनि सिकाएको उनले सम्झन्छन् । नेपाल फर्किएपछि उनले सबैभन्दा पहिले खोजे—आफ्नो पहिचान, आफ्नो प्रकृति। विशेषगरी मुस्ताङ पुगेर हिमालसँग बिताएको समयले उनलाई नयाँ ऊर्जा थपेको उनि सुनाउछन् ।

अष्ट्रेलियामा पानी सफाइ सम्बन्धी काम गरेको अनुभवलाई उपयोग गर्दै, उनले नेपालमा पानी ट्याङ्की सफा गर्ने सेवा सुरु गरेका छन् । करिब १० देखि १५ लाख लगानीमा सुरु गरिएको यो व्यवसायले अहिले मासिक करिब एक लाख रुपैयाँसम्म आम्दानी गरिरहेको छ। तीन महिनामै उनले आफ्नो टिमसहित २०० देखि ३०० भन्दा बढी ट्याङ्की सफा गरिसकेका छन्।

उनका अनुसार, नेपालमा खानेपानीको मुख्य समस्या नै यसको स्रोत र सरसफाइ हो । खुला स्रोतबाट ल्याइएको पानीमा सर्प, किरा, भ्यागुता, मुसा तथा अन्य फोहोर वस्तुहरू भेटिनु सामान्य जस्तै भइसकेको छ, जसले स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउँने उनि बताउछन् ।


शुल्क भन्दा पनि सेवाको भावले यो व्यवसयमा लागेको आचार्यले बताए । एक हजार लिटरको ट्याङ्की सफा गर्न एक हजार रुपैयाँ, भने अन्डरग्राउन्ड ट्याङ्कीका लागि लिटर अनुसार शुल्क निर्धारण गरिएको उनले जानकारी दिए । उनले भने “हामीले महसुस ग¥यौँ कि नेपालीहरूमा हाइजिनलाई अझै प्राथमिकता दिइएको छैन। त्यसैले हामीले स्वच्छ पानीको अभियान सुरु गरेका हौँ। सबैले आफ्ना ट्याङ्की नियमित सफा गरौँ भन्ने हाम्रो आग्रह छ।” साना प्रयासले पनि ठूलो परिवर्तन ल्याउने उनको बिश्वास रहेको छ ।बिदेशको अनुभव, देशप्रतिको माया र केही गर्ने दृढ इच्छाशक्तिले आज उनलाई आत्मनिर्भर बनाएको छ।


विदेशको मोहभन्दा पनि स्वदेशमै अवसर खोज्ने यस्तो प्रयासले धेरै युवालाई प्रेरणा दिन सक्छ ।

प्रकाशित मिति २०८२ चैत २४ गते मंगलबार ०७:३९
हजुरको प्रतिक्रिया