२०८३ असोज २३ गते शुक्रबार

माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि

माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ११ गते आइतबार १२:०२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । दिउँसो १ बजे काठमाडौँ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा महाधिवेशनको उद्घाटन हुनेछ । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन...

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

दिउँसो १ बजे काठमाडौँ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा महाधिवेशनको उद्घाटन हुनेछ । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएको हो ।

हिजो बसेको पार्टी स्थायी कमिटी बैठकले वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया गरेको र गर्नै पर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको माओवादीले जनाएको छ ।

स्थायी समत बैठकको निर्णयलाई अनुमोदन गर्न माओवादी केन्द्रले आज केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता बताइएको छ ।

प्रकाशित मिति २०७८ पुस ११ गते आइतबार १२:०२
हजुरको प्रतिक्रिया