२०८३ असोज २४ गते शनिबार

संघीयता सबलीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षाका विषयमा अध्ययन गर्न तीन संसदीय उपसमिति पुनर्गठन

संघीयता सबलीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षाका विषयमा अध्ययन गर्न तीन संसदीय उपसमिति पुनर्गठन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ७ गते सोमबार ०३:२९

सभापति राईले पुनर्गठित संसदीय उपसमितिहरूले संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकारसँग सम्बन्धित विभिन्न कार्यक्षेत्रको अध्ययन गरी प्रतिवेदन तयार पार्ने जानकारी दिइन् ।

पोखरा ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले तीनवटा संसदीय उपसमितिहरू पुनर्गठन गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले संघीयता सबलीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा र सामाजिक न्याय क्षेत्रका गरी तीन वटा उपसमितिहरू पुनर्गठन गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन् ।

उनकाअनुसार संघीयता सबलीकरण उपसमितिको संयोजकको जिम्मेवारी श्रीकृष्णप्रसाद अधिकारीलाई दिइएको छ । उक्त समितिको सदस्यहरुमा उदय बोहरा, किरणबाबु श्रेष्ठ र सोनाम गेल्जेन शेर्पा रहेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमितिको संयोजकमा विष्णुकुमारी सापकोटा चयन भएकी छिन् भने उक्त उपसमितिमा नारायणदत्त मिश्र, ललितजंग शाही र दुर्गाकुमारी गुरुङ सदस्य रहेका छन् ।

सभापति राईले सामाजिक न्याय उपसमितिको संयोजकमा रोशनी मेचे रहेको बताइन् । उक्त उपसमितिका सदस्यहरूमा धर्मेन्द्र पासवान र मनरुपा शर्मा छन् ।

उनले भनिन्, ‘आजको बैठकबाट हामीले तीन वटा उपसमितिहरुको पुनर्गठन ग¥यौं । संघीयता सबलीकरण उपसमितिको संयोजक माननीय श्रीकृष्ण प्रसाद अधिकारी, सदस्यहरु माननीय उदय बोहरा, किरणबाबु श्रेष्ठ र सोनाम गेल्जेन शेर्पा रहनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा उपसमितिको संयोजकमा विष्णुकुमारी सापकोटा, सदस्यहरु नारायणदत्त मिश्र, ललितजंग शाही र दुर्गाकुमारी गुरुङ रहनुभएको छ । र सामाजिक न्याय उपसमितिको संयोजक माननीय रोशनी मेचे, सदस्यहरु धर्मेन्द्र पासवान र मनरुपा शर्मा हुनुहुन्छ । हामीले अहिले तीन वटा संसदीय उपसमितिहरु पुनर्गठन गरेका छौँ । हामीले संघीयता सबलीकरण र राष्ट्रिय सरोकारसँग भएका विभिन्न कार्यक्षेत्रहरुको बारेमा अध्ययन गर्नुपर्नेछ । यी सबै कार्यक्षेत्रमा हाम्रो उपसमितिहरुले काम गर्नुपर्नेछ ।’

सभापति राईले पुनर्गठित संसदीय उपसमितिहरूले संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकारसँग सम्बन्धित विभिन्न कार्यक्षेत्रको अध्ययन गरी प्रतिवेदन तयार पार्ने जानकारी दिइन् ।

प्रकाशित मिति २०८३ वैशाख ७ गते सोमबार ०३:२९
हजुरको प्रतिक्रिया