२०८३ कात्तिक १० गते सोमबार

प्रधानमन्त्री साहद्वारा विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

प्रधानमन्त्री साहद्वारा विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ७ गते सोमबार ०५:२२

प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको थियो । सो छलफलमा समस्या र समाधानका उपायहरूबारे विमर्श भएको छ ।

पोखरा ।

प्रधानमन्त्री बालेन्द्र साहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरेका छन् ।

सोमबार सिंहदरबारमा उपकुलपतिहरूसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको थियो । सो छलफलमा समस्या र समाधानका उपायहरूबारे विमर्श भएको छ ।

यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल भएको बताइएको छ । बैठकमा त्रिभूवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति सहभागी थिए ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित भएका थिए ।

नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि छलफलमा सहभागी थिए ।

साथै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री साहले संवाद गरेका छन् ।

उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट),चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि छलफल गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि प्रधानमन्त्री साहले छलफल गरेका छन् ।

प्रकाशित मिति २०८३ वैशाख ७ गते सोमबार ०५:२२
हजुरको प्रतिक्रिया