२०८३ कात्तिक १० गते सोमबार

हंगेरीका म्याग्यारद्वारा ईयूसँग छिटो सम्झौताको प्रयास, रोक्का कोष निकासा गर्ने लक्ष्य

हंगेरीका म्याग्यारद्वारा ईयूसँग छिटो सम्झौताको प्रयास, रोक्का कोष निकासा गर्ने लक्ष्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ८ गते मंगलबार १०:५७

एजेन्सी । हंगेरीको टिस्जा पार्टीका नेता पिटर म्याग्यारकाअनुसार उनीहरूको नयाँ सरकारले रोक्का भएको युरोपेली संघ (ईयू) कोष निकासा गर्न छिटो काम गरिरहेको छ । अप्रिल १२ को संसदीय निर्वाचनमा टिस्जा पार्टीले १९९ सदस्यीय नेसनल एसेम्बलीमा...

एजेन्सी । हंगेरीको टिस्जा पार्टीका नेता पिटर म्याग्यारकाअनुसार उनीहरूको नयाँ सरकारले रोक्का भएको युरोपेली संघ (ईयू) कोष निकासा गर्न छिटो काम गरिरहेको छ ।

अप्रिल १२ को संसदीय निर्वाचनमा टिस्जा पार्टीले १९९ सदस्यीय नेसनल एसेम्बलीमा १४१ सिट जितेर ठूलो विजय हासिल ग¥यो । जसले म्याग्यारको नेतृत्वमा नयाँ सरकार गठनको बाटो खोल्यो । बुडापेस्टमा पत्रकारहरूसँग कुरा गर्दै म्याग्यारले उनको टोलीले तीन महिनाभित्र ईयूका प्रमुख आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको बताए । भ्रष्टाचार विरोधी उपायहरू, मिडिया स्वतन्त्रता र न्यायिक स्वतन्त्रता जस्ता क्षेत्रमा युरोपेली आयोगको अपेक्षा अनुसार हंगेरी अघि बढ्ने म्याग्यारले बताए । म्याग्यारले थपे कि उनले मे १५ देखि मे २० को बीचमा युरोपेली आयोगसँग राजनीतिक सम्झौता निष्कर्षमा पुर्याउने योजना बनाएका छन् । उनले ईयू कोषको फिर्तीलाई हंगेरीको अर्थव्यवस्था स्थिर गर्न र लगानीकर्ताको विश्वास पुनः प्राप्त गर्न आवश्यक भएको बताए ।

युरोपेली आयोगले सोमवार नै उच्चस्तरीय प्रतिनिधिमण्डलले अप्रिल १७–१८ मा बुडापेस्टमा हंगेरीको आउँदो सरकारका प्रतिनिधिहरूसँग प्राविधिक बैठकहरू गरेको जनाएको थियो । आयोगकाअनुसार यी छलफलहरू कानूनी शासन र भ्रष्टाचार सम्बन्धी चिन्ताका कारण रोक्का गरिएका ईयू कोषहरू निकासा गर्नेतर्फ व्यावहारिक कदमहरू खोजी गर्ने प्रारम्भिक अवसर थिए ।

दुवै पक्ष यस मुद्दामा प्रगति गर्न थप कामको आवश्यकता पर्नेमा सहमत भएका छन् ।

प्रकाशित मिति २०८३ वैशाख ८ गते मंगलबार १०:५७
हजुरको प्रतिक्रिया