२०८३ साउन २१ गते बिहीबार

काँग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित, शनिवारसम्म सर्वसम्मत उम्मेदवार बनाइने

काँग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित, शनिवारसम्म सर्वसम्मत उम्मेदवार बनाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ११ गते शुक्रबार ०४:२०

सभापति गगनकुमार थापाले सांसद मोहन आचार्य, उपसभापति शर्माले समानुपातिक सांसद भिष्मराज आङ्देम्बेलाई दलको नेताको रुपमा अघि सारेका छन् भने अर्का समानुपातिक सांसद अर्जुननरसिंह केसीले पनि सहमतीमा नभए आफू संसदीय दलको नेतामा उम्मेदवारी दिने जानकारी नेताहरुलाई गराएपछि काँग्रेसमा दलको नेता चयन प्रक्रिया पेचिलो बन्न गएको हो ।

पोखरा ।

नेपाली काँग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरिएको छ ।

पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा नेता चयन गर्नभन्दै निर्देशन दिएपछि शुक्रबारका लागि तय गरिएको सो प्रक्रिया स्थागित गरिएको हो ।

पार्टी केन्द्रिय कार्य सम्पादन समितिको निर्णय र निर्देशनअनुसार सो निर्वाचन प्रक्रिया स्थगित गरिएको निर्वाचन समितिका संयोजक प्रकाश रसायली स्नेहीेले जानकारी दिए ।

उनले दलको नेता शनिबार साँझसम्म सर्वसम्मत रुपमा उम्मेदवार तय गर्नका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे अनि निर्वाचन समितिको समेत सहभागिता रहने गरी कार्यदल पनि गठन गरिएको बताए ।

पार्टीको वृहत्तर हित, लोकतन्त्र, संविधान र पार्टीमाथि आएका चुनौतिहरुको सामना गर्न पनि संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गर्नुपर्ने भएकाले हाललाई निर्वाचन प्रक्रिया स्थगित गरिएको नेपाली काँग्रेस संसदीय दलले जनाएको छ ।

निर्वाचन समितिका संयोजक रसायलीले भने, ‘पार्टीको वृहत्तर हितका निम्ति, लोकतन्त्र, संविधान र पार्टीमाथि आएका चुनौतिहरुको सामना गर्न नेपाली काँग्रेसले पार्टी संसदीय दलको नेता सर्वसम्मत रुपमा चुन्नका निम्ति आजको कार्य सम्पादन समितिको बैठकले निर्देशन गरे अनुसार उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे अनि निर्वाचन समितिको समेत संयोजन रहने गरी भोली साँझसम्म सर्वसम्मत रुपमा नेपाली काँग्रेस संसदीय दलको उम्मेदवार चयन गर्ने निर्णय र निर्देशन भए बमोजिम आज हुने प्रक्रिया हामीले स्थगित गरेका छौ । हाम्रा सभापतिले पनि दलको नेता सर्वसम्मत रुपमा चयन गर्नका लागि पार्टीका नेताहरुसँग आवश्यक छलफल गर्नु हुनेछ ।’

सभापति गगनकुमार थापाले सांसद मोहन आचार्य, उपसभापति शर्माले समानुपातिक सांसद भिष्मराज आङ्देम्बेलाई दलको नेताको रुपमा अघि सारेका छन् भने अर्का समानुपातिक सांसद अर्जुननरसिंह केसीले पनि सहमतीमा नभए आफू संसदीय दलको नेतामा उम्मेदवारी दिने जानकारी नेताहरुलाई गराएपछि काँग्रेसमा दलको नेता चयन प्रक्रिया पेचिलो बन्न गएको हो ।

प्रकाशित मिति २०८३ वैशाख ११ गते शुक्रबार ०४:२०
हजुरको प्रतिक्रिया