२०८३ असोज २४ गते शनिबार

काँग्रेसले भन्योः सरकारले संसदको सर्वोच्चतालाई अवमूल्यन ग¥यो

काँग्रेसले भन्योः सरकारले संसदको सर्वोच्चतालाई अवमूल्यन ग¥यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ११ गते शुक्रबार ०४:३२

चालिसेले भने, ‘यसले संसदको सर्वोच्चतालाई अवमूल्यन गरेको देखिन्छ । बिना तयारी किन आह्वान गरियो र के कारणले स्थगित गरियो, यस्ता विषयमा जनता सूचित हुन जरुरी छ । यस्ता कार्यहरु संवैधानिक नैतिकताको प्रतिकूल छन् ।’

पोखरा ।

नेपाली काँग्रेसले सरकारको पछिल्लो कदमले कार्यपालिका संसदप्रति उत्तरदायी हुनुपर्ने लोकतान्त्रिक मान्यताको उपहास गरेको बताएको छ ।

सानेपामा शुक्रबार पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले यस्तो बताएका छन् ।

राष्ट्रपतिबाट संसदको बैठक आह्वान गरिसकेपछि बैठक प्रारम्भ नै नभई सरकारको सिफारिसमा स्थगित गरिनु संसदीय राजनीतिक प्रणालीको परम्परा विपरितको अभ्यास भएको उनले टिप्पणी गरे ।

कार्यपालिकाले व्यवस्थापिकालाई एउटा औजारको रुपमा मात्र प्रयोग गर्न खोज्नु चिन्ताको विषय भएको बताए । संसद नीति निर्माण र संवादको थलो भएकोले यसलाई सोही गरिमा र उचाईबाट व्यवहार गरिनुपर्ने उनको माग छ ।

चालिसेले भने, ‘यसले संसदको सर्वोच्चतालाई अवमूल्यन गरेको देखिन्छ । बिना तयारी किन आह्वान गरियो र के कारणले स्थगित गरियो, यस्ता विषयमा जनता सूचित हुन जरुरी छ । यस्ता कार्यहरु संवैधानिक नैतिकताको प्रतिकूल छन् ।’

‘पावर विदाउट एकाउन्टिबिलिटी’ हुनु नहुने भन्दै उनले सरकारको कार्यशैलीमा सुधार र पारदर्शिताको अपेक्षा गरेका हुन् ।

प्रकाशित मिति २०८३ वैशाख ११ गते शुक्रबार ०४:३२
हजुरको प्रतिक्रिया