२०८३ साउन २१ गते बिहीबार

सामाजिक सुरक्षा कोषमा तत्काल आवद्ध गराउन सरकारसँग अस्थायी शिक्षकहरुको माग

सामाजिक सुरक्षा कोषमा तत्काल आवद्ध गराउन सरकारसँग अस्थायी शिक्षकहरुको माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख १३ गते आइतबार ०४:०६

पोखरा । अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफूहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तत्काल आवद्ध गर्न सरकारसँग माग गरेका छन् । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी...

पोखरा ।

अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफूहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तत्काल आवद्ध गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो माग गरेको हो ।

आफूहरुको पेशागत निरन्तरता सुनिश्चित हुनेगरी सामाजिक सुरक्षा कोषमा तत्काल आवद्ध गराउन सरकारलाई दवाव दिनुपरेको महासंघका केन्द्रिय तदर्थं समितिका सदस्य शंकर जिसीले बताए ।

उनले उमेर पुगी र स्वेच्छिक अवकाशमा जाने चाहने अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई सम्मानजनक ढंगले गोल्डेन ह्याण्डसेक उपलब्ध गराउन पनि सरकारलाई सचेत गराए ।

महासंघले आफूहरुको माग सम्बोधन हुनेगरी शिक्षा सम्बन्धि ऐन तथा नियमावली संशोधन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति २०८३ वैशाख १३ गते आइतबार ०४:०६
हजुरको प्रतिक्रिया