२०८३ साउन २१ गते बिहीबार

सप्तरीमा एक महिलाको हत्या

सप्तरीमा एक महिलाको हत्या

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १२ गते सोमबार १२:५९

सप्तरी । सप्तरीमा एक जना महिलाको हत्या भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ की ५० वर्षीय भुटनीदेवी यादवको हत्या भएको हो । यादवको टाउकोमा बियरको बोतल प्रहार गरी हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ...

सप्तरी । सप्तरीमा एक जना महिलाको हत्या भएको छ ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ की ५० वर्षीय भुटनीदेवी यादवको हत्या भएको हो ।

यादवको टाउकोमा बियरको बोतल प्रहार गरी हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटनास्थलमा तीन वटा बियरको बोतल समेत भेटिएको छ । तीन वटामध्ये दुईवटा बोतल फुटेको छ । यादवले नाकमा लगाएको फूलीसहित अन्य गरगहना पनि लुटिएको पीडित परिवारले बताएका छन् ।

भुटनीदेवी आइतबार साँझदेखि हराइरहेकी थिइन् । सोमबार बिहान मृत फेला परेको हो ।

हत्याको अनुसन्धान गर्न जनकपुरबाट कुकुरसहितको विशेष टोली मगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ पुस १२ गते सोमबार १२:५९
हजुरको प्रतिक्रिया