२०८३ साउन २१ गते बिहीबार

अमरसिंह माध्यमिक विद्यालयको जग्गामा रहेका व्यवसायिक टहराहरु हटाइए

अमरसिंह माध्यमिक विद्यालयको जग्गामा रहेका व्यवसायिक टहराहरु हटाइए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ ५ गते मंगलबार १२:५५

पोखरा । अमरसिंह चोक स्थित अमरसिंह माध्यमिक विद्यालयको जग्गामा रहेका व्यवसायिक टहराहरु हटाइएको छ । विद्यालयको खेलमैदानको अग्रभाग, पृथ्वी राजमार्गसँग जोडिएको स्थानमा रहेका ५१ वटा व्यवसायीक टहराहरु हटाइएको हो । टिनका टहरा बनाई...

पोखरा ।

अमरसिंह चोक स्थित अमरसिंह माध्यमिक विद्यालयको जग्गामा रहेका व्यवसायिक टहराहरु हटाइएको छ ।

विद्यालयको खेलमैदानको अग्रभाग, पृथ्वी राजमार्गसँग जोडिएको स्थानमा रहेका ५१ वटा व्यवसायीक टहराहरु हटाइएको हो ।

टिनका टहरा बनाई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूले पोखरा महानगरपालिकाको रोहबरमा अमरसिंह माध्यमिक विद्यालयसँग समन्वय गरी ती टहराहरू हटाएको महानगरले जानाकारी दिएको छ ।

जग्गा खाली गर्न व्यवसायीहरुलाई जेठ ४ गते सोमबारसम्मको समय प्रदान गरिएको थियो । व्यवसायीहरुले सामान सारेर खाली भएका संरचनाहरू मङ्गलवार महानगरपालिकाले जेसिवी प्रयोग गरी हटाएको हो ।

टहराहरू हटाएर शहरी सौन्दर्यीकरणको अभियानमा साथ दिएको भन्दै उनीहरुलाई नगर प्रमुख धनराज आचार्यले धन्यवाद् दिएका छन् ।

लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आइरहेका व्यवसायीहरूलाई पुनस्र्थापना गर्ने सम्बन्धमा विद्यालयसँग आवश्यक छलफल तथा समन्वय गरिने नगर प्रमुख आचार्यको भनाई छ ।

 

                                                                                                                                                           भत्काउनु अघि अमरसिंह माध्यमिक विद्यालयको जग्गामा रहेका व्यवसायिक टहराहरुको दृश्य                                                                                              तस्बिर: पोखरा महानगरपालिका

प्रकाशित मिति २०८३ जेठ ५ गते मंगलबार १२:५५
हजुरको प्रतिक्रिया