२०८३ साउन २१ गते बिहीबार

काठमाडाैँमा मदिरा सेवन गराई १४ वर्षीया बालिकामाथि बलात्कार

काठमाडाैँमा मदिरा सेवन गराई १४ वर्षीया बालिकामाथि बलात्कार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १२ गते सोमबार ०३:५०

काठमाडाैँ - काठमाडाैँमा मदिरा सेवन गराई १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-२ चपली डेरा गरी बस्ने रसुवा पाटीखर्क घर भएका २१ वर्षीय लाक्पा ग्यावा रहेका छन् । ती बालिकालाई...

काठमाडाैँ – काठमाडाैँमा मदिरा सेवन गराई १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-२ चपली डेरा गरी बस्ने रसुवा पाटीखर्क घर भएका २१ वर्षीय लाक्पा ग्यावा रहेका छन् ।

ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ग्यावालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हाे ।

ती बालिका डेरातर्फ जाँदै गरेको अवस्थामा शनिबार राति ग्यावाले घरेलु मदिरा सेवन गराई आफ्नै डेरामा लगि जबरजस्ती करणी गरेकाे अनुसन्धानबाट खुलेकाे महानगरीय प्रहरी परिसर काठमाडाैँले जनाएकाे छ । ग्यावालाई सोही नगरपालिका-४ पासिकोटबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति २०७८ पुस १२ गते सोमबार ०३:५०
हजुरको प्रतिक्रिया