प्रचण्ड खत्री / रुकुम पश्चिम ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नं. ७ र आठमा एकिकृत घुम्ती स्वास्थ्य शिबिर सम्पन्न भएको छ । एकीकृत घुम्ती शिविर अन्तर्गत व्यवसाय दर्ता तथा नवीकरण, कृषि, पशु तथा स्वास्थ्य सम्बन्धी सेवाको दिईएको थियोे । उक्त शिबिरबाट गुणस्तरीय सेवा प्रवाह भए/नभएको विषयमा जानकारी लिँदै आवश्यक सुझाव तथा निर्देशन समेत प्रदान गरिएको थियो।
गाउँपालिकाले नागरिकको घरदैलोमै सेवा पुर्याउने उद्देश्यले सञ्चालन गरेको यस कार्यक्रमप्रति स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो प्रमुख प्रशासकीय अधिकृत बिकाश बिग्रम शाहले बताए ।
शिबिर पशुहरुको उपचार , स्वास्थ शिबिर , कृषि सेवा केन्द्रले विभिन्न बालिमा लागेको रोगचार र परिक्षण , ब्यबसाय दर्ता , नवीकरण जस्ता सेवा प्रदान गरिएको थियोे ।
शिबिर बिहान ९ बजे देखि साझ ५ बजे सम्म संचालन गरिएको बरिस्ठ लेखा अधिकृत तेज बहादुर डाङ्गिले भनाई छ । गाउँघरमा सिंह दरबार भएको महसुस गरिएको स्थानियको भनाई छ । शिबिर यसरी चल्दा स्थानीयलाई फाईदा भएको बताएको छ ।
प्रकाशित मिति २०८३ जेठ ६ गते बुधबार ०५:३४




