२०८३ साउन २१ गते बिहीबार

यस्तो छ आजको मौसम पूर्वानुमान!

यस्तो छ आजको मौसम पूर्वानुमान!

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १३ गते मंगलबार १०:१४

पोखरा । देशभर आज मंगलबार को मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। मंगलबार दिउँसो...

पोखरा । देशभर आज मंगलबार को मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। सुदुर पश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति २०७८ पुस १३ गते मंगलबार १०:१४
हजुरको प्रतिक्रिया