२०८३ असोज २३ गते शुक्रबार

केही नेताको भ्रष्ट आचरणकै आधारमा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न मिल्दैनः युवराज ज्ञवाली

केही नेताको भ्रष्ट आचरणकै आधारमा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न मिल्दैनः युवराज ज्ञवाली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार १५ गते सोमबार ०५:१२

काठमाडौं । नेकपा (एमाले)का नेता युवराज ज्ञवालीले सरकारमा पुगेका केही नेताको भ्रष्ट आचरणका आधारमा माक्र्सवाद वा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न नमिल्ने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि...

काठमाडौं ।

नेकपा (एमाले)का नेता युवराज ज्ञवालीले सरकारमा पुगेका केही नेताको भ्रष्ट आचरणका आधारमा माक्र्सवाद वा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न नमिल्ने बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले व्यक्ति र सिद्धान्तलाई अलग–अलग रूपमा हेर्नुपर्ने बताएका हुन् । उनले सरकारमा पुगेपछि नेता बिग्रिनु सिद्धान्तको कमजोरी नभई व्यक्तिको दोष भएको बताए । उनले नेताको भ्रष्ट व्यवहारकै आधारमा कम्युनिष्ट आन्दोलनको औचित्य सकियो भन्ने भ्रममा नबस्न समेत आग्रह गरे ।

ज्ञवालीले कम्युनिष्ट आन्दोलन, माक्र्सवाद, जनताको बहुदलीय जनवाद तथा वैज्ञानिक समाजवाद अझै पनि सान्दर्भिक रहेको दाबी समेत गरे ।

प्रकाशित मिति २०८३ असार १५ गते सोमबार ०५:१२
हजुरको प्रतिक्रिया